नियम ६०
बसाईसराई गरेमा बालबालिकाको व्यक्तिगत विवरणसमेत पठाइ दिनुपर्ने
(१) वैकल्पिक हेरचाह: गर्ने व्यक्ति वा परिवार एक स्थानीय तहबाट अर्को स्थानीय तहमा बसाईसराई गरी जाने भएमा सम्बन्धित स्थानीय तहले बालबालिकाको व्यक्तिगत फाइल बसाई सरी जाने स्थानीय तहमा पठाई दिनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम फाइल पठाएको अभिलेख सम्बन्धित स्थानीय तहले राख्नु पर्नेछ।